खरसाङमा: शहीदले माटोको निम्ति बहाएको रगत हरेक गोर्खाको धमनीमा बहन्छ।
उनै शहीदहरूलाई श्रदाञ्जली दिँदै अनि उनीहरूको वीरगतिलाई सम्झना गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आयोजना गरेको “शहिद रन” (Run For Our Martyrs ) आज बिहान ७:३० बजे जी टी ए चिफ एक्जिक्युटिभ अनित थापाले खरसाङमा हरियो झण्डा देखाएर सुरु गरे।
यो दौड ३२ किलो मिटरको रहनेछ। आज दौडमा भाग लिने को संख्या करिब ५०० रहेको आयोजक समितिले जानकारी दिएका छन्।











