शपथ ग्रहण समारोहलाई एसकेएम पार्टी ऐतिहासिक बनाउने तर्खरमा पार्टी

IMG-20240603-WA0256.jpg

गान्तोक: आगामी शपथ ग्रहण समारोहलाई लिएर छलफल गर्न पार्टीका सेक्रेटरी जेनरल अरूण उप्रेतीको विशेष उपस्थितिमा देवराली स्थित एक होटलमा समन्वय सभा आज सम्पन्न भयो। एसकेएम पार्टीको ऐतिहासिक जीतले पार्टीमा हर्षको माहौल सिर्जना भएको छ भने आगामी शपथ ग्रहण समारोहलाई भव्य अनि सभ्य तरिकाले सफल पार्न पार्टीको तर्फबाट विशेष भुमिका निभाउँदै विभागद्वारा आयोजना गरिने शपथ समारोह भएता पनि पार्टीको तर्फबाट पनि ऐतिहासिक शपथ समारोह कार्यक्रममा विशेष भुमिका रहने सभामा निर्णय गरिएको छ। सभामा पार्टीका बरिष्ठ प्रवक्ता सीपी शर्मा, युवा अध्यक्ष लाक्पा मोक्तान, प्रवक्ता जेकब खालिङ, प्रवक्ता विकास बस्नेत, प्रवक्ता युगेन तामाङ, प्रमुख युवा संयोजक सहदेव शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement