दोस्रो कार्यकालको किराँत राई संघले दियो एसकेएमलाई शुभकामना

IMG-20240603-WA0258.jpg

गान्तोक: २ जूनको दिन सम्पन्न ११औं सिक्किम विधानसभा चुनाउमा राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ मध्ये ३१ आसनमा ऐतिहासिक जीत हासिल गरेकोमा पार्टी अध्यक्ष एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई दोस्रो कार्यकालको निम्ति बधाई एवं शुभकामना व्यक्त गरेको छ। मुख्यमन्त्रीसंगै सम्पूर्ण नवनिर्वाचित एसकेएम पार्टीका विधायकगणप्रति अखिल किराँत राई संघ, सिक्किमले शुभकामना व्यक्त गरेको हो। विशेष गरेर ११औं विधानसभा चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दुरदर्शी नीतिकै फलस्वरूपः हाम्रा तीनजना किरावाहरू कृष्ण राई, भोजराज राई अनि कला राईले पार्टीबाट टिकट हासिल गरेपछि चुनौतीपूर्ण आसनहरूबाट उल्लेख्य जीत प्राप्त गर्ने अवसर पाएको एक प्रेस बयानमा उल्लेख गरेको छ। यस्तो ऐतिहासिक जीतको निम्ति तीनजना नवनिर्वाचित किरावा विधायकहरूलाई बधाई एवं शुभकामना व्यक्त गरेको छ। एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा पहिलो कार्यकालमा राज्यका सबै जात-गोष्ठीलाई अनुकूल परिवेशसँगै समान सम्मान प्रदान गरेजस्तै दोस्रो कार्यकाल पनि हामी सम्पूर्ण जातगोष्ठीको निम्ति उल्लेख्य रहनेछ भन्ने कुरामा अखिल किराँत राई संघ, सिक्किम विश्वस्त व्यक्त गरेको छ।

About Author

Advertisement