शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

IMG-20241223-WA0143

काठमाण्डू: मानव बेचबिखनविरुद्धकी अभियन्ता, शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ।जोरपाटीस्थित निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी हुन्।
उनका श्रीमानले आज बिहान ५ बजेतिर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’को रूपमा सम्मान समेत गरेको थियो।

About Author

Advertisement