शकिरा प्रेम प्रस्तावले तनावमा, पुलिस समक्ष पुग्यो उजुरी

Sakira-1-1

फूटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शकिरा तनावमा छिन्। पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि शकिरा तनावमा परेकी हुन्। ‘वाका वाका’ गायिकाको बार्सिलोनास्थित घरमा उनलाई एक फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शकिराका परिवार तथा उनका भाई टोनिनो मेबारकसँग पुलिसकहाँ पुगेर पत्रका विषयमा जानकारी गराएका छन्। यसै महिनाको शुरुमा उनको घर अगाडिको फुटपाथमा ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको भेटिएको थियो। उनले आफूले शकिरासँग तुरुन्तै विवाह गर्ने चाहना राखेको समेत लेखिएको थियो। ‘म तिमीसँग प्रेम गर्छु, सुन्दरी महिला। म तिमीलाई लिन आउँदैछु, मेरी मायालु। म अहिले नै तिमीसँग विवाह गर्न तयार छु’, लेखिएको थियो।

शकिरा

शकिराकी निकट स्रोतका अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन्। जो शकिराको पिकेसँग अलग भएको घोषणापछि ऊ शकिराको घर वरपर पिछा गरिरहेको छ। यो घटना केही दिन पछि आयो, जब स्पेनिस फूटबलर पिकेले शकिराका सन्तान मिलान र साशालाई बिदा मनाउन लैजानका लागि अस्वीकार गरेका थिए। ११ वर्षसम्म सँगै बसेर दुवैजना अलग्गिएका छन्। शाकिरले पिकेले अर्की युवतीसँग सम्बन्ध बनाएर आफूलाई धोका दिएको आरोप लगाएकी थिइन्। शकिराले आफ्नो पूर्वप्रेमीले पुनः विवाहको प्रस्ताव गरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन्।

About Author

Advertisement