वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालय राष्ट्रियस्तरीय व्याण्ड प्रतियोगिताको निम्ति छनौट

IMG-20231223-WA0267.jpg

गान्तोक: राजधानीको वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालय राष्ट्रिय स्तरको व्याण्ड प्रतियोगिताको निम्ति छनौट भएको छ। गत २२ दिसम्बरको दिन ओडिशाको भुवानेश्वरमा आयोजित पूर्वी क्षेत्रस्तरीय व्याण्ड प्रतियोगितामा वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ।जानकारी अनुसार, उक्त प्रतियोगिता १६ वटा विदामा ६ वटा राज्यका स्कूलहरूले सहभागिता जनाएको थियो। सिक्किम राज्यबाट वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालय पुरूषवर्गमा ब्रास व्याण्ड प्रतियोगितामा पहिलो स्थान हासिल गर्न सफल बन्यो। यसरी नै सोरेङ माध्यमिक विद्यालयले पाइप व्याण्ड प्रतियोगितामा तेस्रो स्थान ओगटेको थियो भने च्याखुङ माध्यमिक विद्यालय कन्यावर्गमा चोथौ स्थान हासिल गरेको छ।

सो प्रतियोगितामा प्रथम बनेपछि वेस्ट पोइन्ट वरिष्ठ माध्यमिक विद्यालय राष्ट्रियस्तरको व्याण्ड प्रतियोगिताको निम्ति छनौट भएको छ, जुन आगामी जनवरी महिनामा दिल्लीमा सम्पन्न हुने भएको छ।

About Author

Advertisement