काठमांडू: पावर हिटरका छबि बनाएका वेष्ट इन्डिजका चाडविक वाल्टन्ले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्ने भएका छन्।
३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टन अनुबन्ध गरिएको कर्णालीले आइतबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ। वेष्ट इन्डिजका लागि २ टेष्ट र ९ ओडिआई म्याच पनि खेलिसकेका वाल्टनले आफ्नो आक्रामक ब्याटिङ शैलीका लागि विश्वभरबाट प्रशंसा बटुलेका छन्। अहिलेसम्म १९ टी२०आई खेल खेलेका उनले सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध टी२० आईमा डेब्यु गरेका थिए।










