एण्टीगा: क्रिकेट जगतले आफ्नो सबैभन्दा महान खेलाड़ीहरूमा एकलाई गुमायो। वेष्ट इण्डिजका महान अलराउण्डर सर गारफील्ड सोबर्सको ८९ वर्षको उमेरमा निधन भयो। २८ जुलाईमा उनको ९०औं जन्मदिन थियो तर त्यसअघि नै उनको निधन भयो। क्रिकेट वेष्ट इण्डिजले सोशल मीडियामा एउटा पोस्टको माध्यमले सोबर्सलाई श्रद्धाञ्जलि दिएको छ। सर गारफील्ड सोबर्सलाई सर ग्यारी सोबर्स भनेर पनि बोलाइन्थ्यो। सोबर्सलाई क्रिकेट इतिहासको सबैभन्दा सम्पूर्ण खेलाड़ी मानिन्छ। उनले ब्याटिंग, बलिंग र फील्डिंगको साथ खेलको तीनैवटा विभागमा यस्तो स्तर स्थापित गरेका थिए, जसको आज पनि उदाहरण दिइन्छ। सोबर्सले यस्तो चरणमा क्रिकेट खेले जब वेष्ट इण्डिजलाई क्रिकेट जगतको सबैभन्दा मजबूत टीम मानिन्थ्यो। उनले आफ्नो बहुमुखी प्रतिभाको साथ खेलका महानतम् खेलाड़ीहरूका सूचीमा स्थान बनाएका छन्। सोबर्सले वेष्ट इण्डिजको निम्ति ९३ वटा टेस्ट म्याच खेले। यसमा उनले १६० वटा ईनिंग्समा ८,०३२ रन बनाए। उनको ब्याटिंग औसत ५७.७८-को रह्यो, जसलाई त्यस समयको हिसाबले असाधारण मानिन्छ। उनले आफ्नो करियरमा २६ वटा शतक बनाए, जसमा एउटा तेहेरो (ट्रिपल) शतक र २ वटा दोहोरो शतक सामेल छ। यसको साथमा उनले ३० वटा अर्द्धशतक पनि बनाए। उनको सर्वोच्च स्कोर अविजित ३६५ रन रह्यो, जुन त्यस समय टेस्ट क्रिकेटको विश्व रेकर्ड थियो अनि सालौंसम्म कायम रहेको थियो। सोबर्स महान ब्याटर मात्र नभएर असाधारण बलर पनि थिए। उनले आफ्नो टेस्ट करियरमा २३५ विकेट लिए। उनले ६ पल्ट ईनिंग्समा ५ विकेट र ८ पल्ट ४ विकेट लिए। उनको सर्वश्रेष्ठ बलिंग प्रदर्शन ७३ रनमा ६ विकेट रह्यो। सोबर्स देब्रे हातका ब्याटर अनि देब्रे हातका बलर थिए। उनी आफ्नो टीमको आवश्यकता अनुसार मीडियम पेस या स्पिन बलिंग गर्न दक्ष थिए। यस असाधारण बहुमुखी प्रतिभाले गर्दा नै उनलाई क्रिकेट इतिहासको महानतम् अलराउण्डरहरूमा सामेल गर्छ। सोबर्सले आफ्नो करियरमा केवल एउटा वनडे म्याच खेले। सोबर्सले वेष्ट इण्डिजको कप्तानी पनि गरे अनि क्यारेबियन देशहरूको साथमा विश्वभरिका धेरै पीढ़िका क्रिकेटरहरूलाई प्रेरित गरे। क्रिकेटमा उनको अतुलनीय योगदानको निम्ति उनलाई नाइटहुड-को उपाधिले सम्मानित गरिएको थियो। उनलाई क्रिकेटर्स अफ द सेञ्चुरी-मा सामेल गरियो अनि उनले आईसीसी हल अफ फेम-मा पनि स्थान पाए। यी सम्मानहरूले पनि क्रिकेटमा उनको प्रभाव कतिको विशाल र स्थायी रह्यो भन्ने कुरालाई प्रमाणित गर्छ। धेरै क्रिकेट विशेषज्ञ र प्रशंसकहरूका नजरमा सर गारफील्ड सोबर्स जतिको सम्पूर्ण क्रिकेटर आजसम्म जन्मिएका छैनन्। क्रिकेट जगतमा आफ्नो पदार्पणको ६ दशकभन्दा अधिक समयपछि पनि सोबर्सको तय गरेको मानदण्डहरूमा विश्वका हरेक महान अलराउण्डरलाई परख गरिन्छ। उनको निधनको साथ क्रिकेटले यस्ता एकजना महानायकलाई गुमायो, जसका उपलब्धिहरू आउँदो पीढ़िहरूका निम्ति सदा प्रेरणाको स्रोत बन्नेछ।











