वेणुकृष्ण प्राथमिक पाठशालामा बिदाई कार्यक्रम तथा शिक्षक दिवस पालन

IMG-20220906-WA0036.jpg

सामसिङ: वेणुकृष्ण प्रा. स्कुलका प्रधान अध्यापक प्रताप थापाले अवकाश लिए पछि आज शिक्षक दिवसको पावन अवसरमा स-सम्मानको साथ बिदाई जनाइयो। यस कार्यक्रमका दिवसीय अध्यक्ष गजेन्द्र छेत्री थिए भने प्रमुख अतिथि एस एम सी का अध्यक्षा संगीता प्रधान थिइन्। यसैगरी विशिष्ट अतिथिहरुमा क्रमैले स्कुल संचालन समिति अध्यक्ष कर्तव्य प्रधान, एमटिए अध्यक्षा मिरा थापा, गजेन्द्र छेत्री,देवराज प्रधान,भुवन थापा, प्रशान्ती छेत्री, सन्तराज थापा,सचेन्द्र छेत्री, अजय कटुवाल, प्रियंका कटुवाल आदि उपस्थित थिए। यस कार्यक्रममा अभिभावकवर्गको पनि बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष गजेन्द्र छेत्री र एसएमसी अध्यक्षा संगीता प्राधानको बाहुलीबाट डा. सर्वपल्ली राधाकृष्ण राधाकृष्णनको तस्बिरमा खदा अनि द्वीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरियो। सह शिक्षक उदय छेत्रीले स्वागत वक्तव्य राखेका थिए।

पाठशालाका नानीहरुद्वारा गुरुवन्दना र गुरुभक्ति गीत प्रस्तुत गरे। नानीहरुद्वारा स्कुलका शिक्षक शिक्षिकाहरुलाई शिक्षक दिवस पालन पालन केक काटेर खदा अर्पण गर्दै उपहार प्रदान गरे। त्यसपछि आजको मुख्य केन्द्रबिन्दु पूर्व प्रधान अध्यापक प्रताप थापालाई कार्यक्रमका अध्यक्षबाट खदा अर्पण गरियो।स्कुलपक्षबाट प्रधान अध्यापिका मायादेवी छेत्रीले खदा अर्पण गर्दै उपहार प्रदान गरे। शिक्षिका मलिका थापाद्वारा सर्म्वधना पत्र पठन गरे पछि देवराज प्रधानले दोसल्ला ओडाइ सम्मान जनाए। गजेन्द्र छेत्री र संगीता प्रधानद्वारा सम्वर्धना पत्र प्रदान गरियो। यसरी नै संगीता प्रधान, देवराज प्रधान,कर्तव्य प्रधान, आइसिडिएसका शिक्षिकाहरु पिउसन्जली छेत्री र जयन्ती भुजेल, स्कुलका सह- शिक्षक शिक्षिका, अभिभावकवर्ग र स्कुलका नानीहरु द्वारा प्रताप थापा सरलाई सम्मानको साथ खदा अर्पण गर्दै उपहार प्रदान गरियो। स्कुलका नानीहरुले नृत्य, नाटक, गीत, कविता वाचन, बालगीत आदि प्रस्तुत गर्दै मनोरंजन गरे। प्रमुख अतिथि संगीता प्रधानले कार्यक्रमलाई सम्बोधन गरिन्। शिक्षिका बीना छेत्रीले धन्यवाद ज्ञापन् गरिन। अन्तमा कार्यक्रमका अध्यक्ष गजेन्द्र छेत्रीले आफ्नो वक्तव्य राख्दै कार्यक्रम समापन गरे।

About Author

Advertisement