नयाँ दिल्ली: भारतीय पुरुष ब्याडमिण्टन टोलीले असाधारण प्रदर्शन गर्दै एशियाई खेलहरूको ब्याडमिण्टन टीम स्पर्धाको सेमिफाइनलमा प्रवेश गऱ्यो। भारतले आज जापानलाई ३-०-ले पराजित गऱ्यो। यस जीतको साथ भारतले सेमिफाइनलमा पुगेर पदक पक्का गऱ्यो। आयुष शेट्टीले असाधारण प्रदर्शन गर्दै कोकी वातानाबेलाई सीधा गेममा पराजित गरी भारतलाई ३-० को अजेय बढ़त दिलाए। अब भारतीय टोलीको लक्ष्य स्वर्ण पदक जित्ने रहनेछ। भारतीय महिला ब्याडमिण्टन टोली चाहिँ जापानविरुद्ध पराजित भएर पदकको होड़बाट बाहिर भयो। यसरी वुशुमा भारतकी रोशिबिना देवीले मकाऊ चीनकी चू मेन सिनलाई डब्ल्यूपीडी (अंकको अन्तरले जीत)-को माध्यमले पराजित गरी महिलाहरूकी ६० किग्रा साण्डाको सेमिफाइनलमा प्रवेश गरिन्। यस जीतको साथ रोशिबिनाले भारतको निम्ति अझ एउटा पदक सुनिश्चित गरिन्। उनले २०१८ एशियाई खेलहरूमा पनि काँस्य पदक जितेकी थिइन् । भारतीय पुरुष हकी टोलीले एशियाई खेलहरू २०२६-मा गोलको वर्षा जारी राख्दै मंगलवार श्रीलंकाविरुद्ध १६-१-ले जीत हासिल गर्यो। गिफू प्रीफेक्चुरल ग्रीन स्टेडियममा खेलिएको पूल ए-को म्याचमा गत च्याम्पियन भारतले सजिलै जीत हासिल गऱ्यो। भारतको पूल ए-मा यो लगातार दोस्रो जीत हो। भारतले आफ्नो अभियानको शुरुवात इण्डोनेशियाविरुद्ध १३-१-ले जीतको साथ गरेको थियो। श्रीलंकाविरुद्ध म्याचमा भारतको तर्फबाट जुगराज सिंह एक्लैले ४ गोल गरे। यसबाहेक अभिषेक र दिलप्रीत सिंहले पनि ह्याट्रिक गरे। यसरी हरमनप्रीतले २ तथा मन्दीप सिंह, सुखजीत सिंह, मनप्रीत सिंह र विवेक सागरले १-१ गोल गरे। भारतको अघिल्लो म्याच २४ सेप्टेम्बरमा दक्षिण कोरियाविरुद्ध रहेको छ।





