वीरेन्द्र तालमा हिमपैह्रो खस्दा जोखिम, सतर्क रहनआग्रह

Birendra_lake_and_Mt._Manaslu

काठमाडौं: गोरखाको चुमनुब्रीगाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपैह्रो खस्दा जोखिम बढेको छ। गोरखाका प्रमुख जिल्लाअधिकारी भोला दाहालले ताल फुटेको नभइ हिमपैह्रो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताए। ‘तालमा हिमपैह्रो झरेको हो। त्यहाँआसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन। जोखिमको अवस्था बुझ्न पुलिस क्षेत्रमा पुगिसकेको छ। तालले असर पर्ने मानव बस्तीलाई सतर्क गराइसकेका छौं,’ दाहालले नेपाल न्यूज ब्यांकसँग भने।

तालबाटआभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे पुलिस टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताए।  बाढीले क्षति हुनसक्ने मानव बस्ती धार्चे, आरुघाटलगायत क्षेत्रमा सतर्क रहन पुलिसले आग्रह गरिसकेको छ। मौसम परिवर्तन पछिजमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ। तालबाट बग्ने पानीको बाहब बढेकोले बुढी गण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ।

About Author

Advertisement