विश्वको एकमात्र हाम्रो जैविक राज्य प्रकृतिको पर्याय हो: राज्यपाल

IMG-20240516-WA0245.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले विश्व पर्यावरण दिवसको अवसरमा सिक्किमका मानिसहरूलाई हार्दिक बधाई दिएका छन्।राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, विश्व पर्यावरण दिवस २०२४ को अवसरमा म सिक्किमलाई स्वच्छ, शान्त र हरियो-भरियो राखेकोमा तपाईहरू सबैलाई बधाई दिॅंदछु।

हाम्रो राज्य देशको सबैभन्दा हरित राज्य हो र यस उपलब्धिले केवल राष्ट्रिय होइन तर अन्तरराष्ट्रिय स्तरमा पनि मानक स्थापित गरेको छ। विश्वको एकमात्र हाम्रो जैविक राज्य प्रकृतिको पर्याय हो। सिक्किम सरकारको ‘मेरो रुख मेरो सन्तिति’ पहलले पर्यावरण संरक्षण र संवर्धनको दिशामा एक वैश्विक मानक स्थापित गर्दछ।

राज्यपालले अघि भनेका छन्, हाम्रो राज्यको सम्पूर्ण भौगोलिक क्षेत्रको संरक्षित क्षेत्र ३०.७७ प्रतिशत छ, यसले पर्यावरणप्रति हाम्रो सम्मानलाई दर्साउॅंछ। हाम्रो राज्यले धेरै पर्यावरण अनुकूल पहलहरूलाई लागू गरेको छ। आज सिक्किम आफ्नो प्राकृतिक विरासतको संरक्षणको दिशामा महत्वपूर्ण भूमिकाका साथ एक अग्रणी राज्यको रूपमा अघि आएको छ। सिक्किम केवल पूर्वोत्तर हिमालयी क्षेत्र मात्र होइन तर सम्पूर्ण देशकै निम्ति अनुकरणीय बनेको छ।

राज्यपालले विकसित भारत@२०४७ को लक्ष्य प्राप्तिका साथ हामी सबै मिलेर प्राकृतिक विकल्पलाई प्रोत्साहित गरौं र प्रकृतिप्रति अझ संवेदनशील बनेर प्रकृतिको रक्षामा आफ्नो योगदान प्रदान गरौं, यो नै धरती माताप्रति हाम्रो सबैभन्दा ठूलो सम्मान हुनेछ भनी बताएका छन्।

About Author

Advertisement