विलुप्तीको संघारमा लिङ्गे पिङ्ग

IMG-20241104-WA0191

खरसाङ: गाउँ घरतिर मानिसहरू लिङ्गे पिङ्गमा हुई हुईती फन्को मार्छन्। लिङ्गे पिङ्गको आफ्नो महत्व रहेको छ। तर अहिले यो लिङ्गे पिङ्ग पनि विलुप्तीको संघारमा रहेको छ। पुरानो समयमा प्राय: सदैव देखिने लिङ्गे पिङ्ग अहिले चाढ पर्वको समयमा मात्र देखिन्छ। त्यो पनि कमान बस्ती र गाउँतिर मात्रै देखिन्छ। लिङ्गे पिङ्ग नेपाली गोर्खाली जातीय संस्कृति र संस्कारको पहिचान मानिन्छ। यही लिङ्गे पिङ्ग खेल्न अहिलेको पुस्ता केही अनभिज्ञ देखिन्छ। पुराना पुस्ताले भने गाउँ घरमा लिङ्गे पिङ्ग लगाएर हुई हुईती पिङ्ग खेल्ने गर्दथे अनि अहिले पनि गाउँ घरतिर लगाइएको लिङ्गे पिङ्गमा हुई हुईती लिङ्गे पिङ्गमा मच्चिएर पिङ्ग खेल्दै गरेको देखिन्छ। दशैं तिहारको अवसरमा सांस्कृतिक महत्वको साथमा लिङ्गे पिङ्ग लगाएर खेल्दै गरेको देखिन्छ। यसपालीको दशैं तिहारको अवसरमा खरसाङ क्षेत्रका विभिन्न स्थानहरूमा लिङ्गे पिङ्ग लगाएर खेलेको देखिएको छ। तर पनि अहिलेको समयमा लिङ्गे पिङ्ग दशैं तिहारमा सिमित रहेको देखिएको छ। लिङ्गे पिङ्गसित अहिलेको नयाँ पुस्ता पनि कम नै परिचित छन्। भनौं पुरानो समयमा प्रत्येक गाउँ घर लिङ्गे पिङ्गमा रमाईलो हुने गर्दथ्यो भने अहिलेको समयमा चाढ पर्वको अवसर पर्खनु पर्ने अवस्था छ। तर पनि नेपाली समाजमा लिङ्गे पिङ्गको आफ्नो छुट्टै महत्व छ। यसको महत्व हुँदा हुँदै पनि अहिलेको समयमा भने लिङ्गे पिङ्ग विलुप्तीको संघारमा पुगेको छ।

About Author

Advertisement