विमल गुरुङले १४ तारिख घेराउ गर्ने कार्यक्रमलाई स्थगित गरेपछि जीटीए प्रमुख अनित थापाले दिए धन्यवाद

IMG-20260510-WA0069

कालेबुङ: विमल गुरुङले १४ तारिख घेराउ गर्ने कार्यक्रमलाई स्थगित गरेपछि जीटीए प्रमुख अनित थापाले। उनलाई धन्यवाद दिएका छन्। कालेबुङमा पत्रकारहरुलाई सम्बोधन गर्दै अनित थापाले भने, यो समय घेराउ गर्ने,झमेला गर्ने समय होइन। पहाड अहिले शान्तिको मार्गमा हिँडेको छ। तपाईं पनि केही मार्गमा लाग्नुहोस्। यदि कुनै शङ्का उपशंका छ भने सरकारलाई भन्नुहोस्। २०११ देखि जीटीएमा जे जे भयो त्यो सबै सरकारलाई लेख्नुहोस्।’
उनले अघि भने, ‘हामीले चुनाव यसपाली मात्रै हारेका होइनौं। पहिला पनि हारेकै थियौँ। त्यो समय पनि म कार्यकर्ताहरूसँग भेटघाट गर्न आएकै थिए। एक नेतृत्वको दायित्व बन्छ कि आफ्नो कार्यकर्ताहरुलाई कसरी अघि बढाएर लैजाने। म यहाँ कार्यकर्ताहरूलाई ऊर्जा दिनु आएको हुँ।’
अनित थापाले एक प्रश्नको उत्तरमा भने, ‘जीटीए खारेज गरेपछि ठूलो व्यवस्था पाइन्छ। त्यो ठूलो व्यवस्थामा पनि बिजीपीएम पार्टीले चुनाव लड्नेछ। हामी एक राजनैतिक दल हौ। जीटीएभन्दा ठूलो व्यवस्था दियो भने हामी स्वागत नै जनाउँछौं। म जीटीएको मुख्य कार्यपाल हुँ। बङ्गाल सरकारले जीटीएलाई सहयोग गर्यो भने काम गर्ने हो यदि सहयोग नै गरेनन् भने काम कसरी गर्ने? त्यसपछि फेरि चुनाव हुनेछ त्यो चुनावमा लड्ने हो।’

About Author

Advertisement