विभिन्न क्षेत्रहरूमा विशिष्ट योगदान दिने दशजना नारी हस्तीहरुलाई सम्बर्ध्दना

IMG-20220904-WA0139.jpg

सुकना: अगमसिंह गिरी संस्थान् र सुकना साहित्यिक अनि सांस्कृतिक संस्थान सुकनाको संयुक्त आयोजनामा सम्पन्न एक कार्यक्रममा विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट नारी हस्तीहरूलाई सम्मानित गरिएको छ। यस क्रममा वरिष्ठ नारी संगीतकार शान्ति ठटाल, साहित्य र समाजको लागि देविका मोक्तान, नाट्यकर्मीको रूपमा मेनुका प्रधान, साहित्यको लागि सुभद्रा बम्जन, पत्रकारिताको लागि सविता थापा ‘संकल्प’, सामाजिक कार्यकर्ताको रूपमा रङ्गु सौरिया, चित्रकारितामा दिपा राई, टिस्टा रेस्क्यु टिमका शान्ति राई, साहित्यको लागि उर्मिला घिसिङ र मातृका गजमेर आदिलाई सम्मान जनाइएको छ।

सम्मानित नारी हस्तीहरुको सम्बर्ध्दना पत्र बबिता मादेन र देवराज शर्माले पठन गरेका थिए। सम्मानित नारी हस्तीहरुलाई अतिथिहरूको बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर सम्मान गर्दै स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा सम्मानित नारी हस्तीहरुको पक्षबाट देविका मोक्तानले वक्तव्य राखेका थिए।

About Author

Advertisement