विभागीय अधिकारीहरूद्वारा मङ्पूमा मल्टी कार पार्किङ निर्माणको लागि सर्वेक्षण

19-24-08-man1-1024x461.jpg

मङ्पूः आज मङपूमा मल्टी कार पार्किङ निर्माणको लागि मङ्पू लाब्दाका क्षेत्रीय सभासद रतन कुमार थापाको अगुवाईमा विभागीय अधिकारीहरूद्वारा सर्वेक्षण गरियो। मंगपुको बढ्दो जनसंख्या साथै बढ्दो ट्राफिकको समस्यासँगै भावी दिनलाईलाई ध्यानमा राखेर मङ्पुमा पनि एउटा मल्टी कार पार्किङ हुनपर्छ भन्ने यहाँका मानिसहरूको सोंच र भिजनलाई ध्यानमा राखेर आज पहिलो चरणको सर्वे गरियो।

यस सर्वे टोलीमा आज बिशेष गरेर ईडी अरिजीत मित्र, जीटीए डेप्युटी चेयरम्यान राजेश चौहान, कार्यकारी सभासद उदय देवान, एमओडी पुल एन्ड ट्रान्सपोर्ट विभागीय सभासद निमा शेर्पा, एकज्युकेटिभ डाइरेक्टर पुल एन्ड ट्रान्सपोर्ट डिपार्टमेन्टका भाष्कर मोक्तान, एकज्युकेटिभ इञ्जिनियर बिनोद शर्मा, पारस चन्द्र लामा, आरओ बिशाल सुब्बा, एई गगन रिजाल, पीआरओ विज्ञान मिस्र, भागोप्रमो केन्द्रीय समिति सदस्य राम पोख्रेल, भागोप्रमो मोर्चा मङ्पू लाब्दा समष्टि सभापति गगन राई, नारी शक्ति सभापति बबी शेर्पा, सचिव सुष्मा राई, युवा शक्ति सभापति दिव्य प्रकाश बम्जन, सचिव सरद थापा, खरसाङ महकुमा समिति मिडिया प्रभारी विभोर सिंग्दन, रतन लामा, भुपाल मोक्तान, देवेन्द्र राई, बिशोर कार्की, समष्टि मिडिया प्रभारी बिदेन प्रधान साथै समष्टि, युवा शक्ति, नारी शक्तिका प्रतिनिधिहरूको बिशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement