विपक्षी गठबन्धऩलाई लिएर सुकान्तले भने- नाम बदली गर्दा मानसिकता बदली हुँदैन

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः कांग्रेसको साथ गैर भाजपा दलहरूको विपक्षी गठबन्धऩको नाम इण्डिया राखिनुलाई लिएर पूरा देशमा यसको चर्चा चलिरहेछ। प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले यसलाई लिएर भने, नाम बदली गर्दा कसैको मानसिकता बदली हुँदैन। गठबन्धन त बन्यो तर त्यसको नेता को हुनेछ ? यसबारे किन खुलासा भइरहेछैन ?

उनले ट्वीटरमा एउटा भीडियो पोस्ट गर्दै लेखे, रावणलाई हरेक वर्ष जल्नुपर्नेहुन्छ। जति रावण हुन्छन्, सबैको एकसाथ दहन हुन्छ। नेता नरहँदा नीति चल्दैन न त नाम बदली गर्दा कसैको मानसिकता बदली हुन्छ।

वस्तुतः सोमवार बेङ्गलुरूमा गैर भाजपा पार्टीहरूको एक गठबन्धन बनेको छ, जसको नाम इण्डिया राखिएको छ। यसमा भाजपा नेताले लगातार कटाक्ष गरिरहेका छन्। सुकान्तले भने, यस गठबन्धनमा जतिपनि नेता छन्, सबै नै प्रधानमन्त्री बन्न चाहन्छन्। जनताले यी सबैको इतिश्री गर्नेछ।

-हिस

About Author

Advertisement