गेजिङ: गेजिङ-बर्मेकका क्षेत्र विधायक लोकनाथ शर्माले समष्टिको पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन्। उनले मियोङ वार्डको सागबारी अम्बोटेका पैह्रोपीड़ित परिवारहरूसँग भेट गरी सरकारबाट आवश्यक सहयोग, राहत प्रदान गर्ने वचन दिएका छन्। योसँगै उनले यो झरीमा सतर्क बस्न स्थानीय मानिसहरूलाई अपील गरेका छन्।









