विधायक लेप्चाले गरिन् सीमावर्ती क्षेत्रको भ्रमण

IMG-20250828-WA0139

गान्तोक: सिक्किमको अन्तर्राष्ट्रीय सीमावर्ती क्षेत्रमा पूर्वधार विकास गर्ने उद्देश्य राखेर नाथाङ-माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चाले आज नाथाङ ग्राम पञ्चायत यूनिटको निरीक्षण गरिन्। स्थानीय जनतासित अन्तर्क्रिया पनि गरिन्। विशेष गरेर उच्चस्तरीय सीमावर्ती क्षेत्रको निरीक्षणको क्रममा पूर्व सिक्किमको प्रमुख पर्यटनस्थल छाङग् झील, शेरेथाङ, नथुला सिमामा व्पापार विस्तार गर्नको निम्ति देखिएको विभिन्न प्रकारका समस्या र चुनौतीलाई समाधान गर्ने विषयमा सबैको ध्यान केन्द्रित गराइन्। निरीक्षणको क्रममा विधायक लेप्चासँग विभिन्न विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। जसमा सिक्किम सरकारका वाणिज्य एवं उद्य़ोग विभागकी सचिव कर्मा युत्सो भोटिया, मुख्य अभियन्ता वाइएन गौतम लगायत अन्य अधिकारीहरु सामेल थिए। यस अवसरमा शेरेथाङ वरिपरि रहेको सानो बजारहरूलाई प्राथमिकता दिने कुरामा चर्चा गरियो। भारत-चीन सीमा नजिकैको उक्त महत्वपूर्ण आर्थिक बजारले व्यापारिक मौसममा सीमा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। निरीक्षणको क्रममा उक्त क्षेत्रमा पूर्वाधारको विकासलाई प्रमुखता दिने निर्णय भएको छ। यसअन्तर्गत सडक, शेरेथाङ, नाथुला र वरिपरिका क्षेत्रहरूलाई जोड्ने सडक विस्तारबारे पनि उनले जानकारी लिइन्। विशेष गरेर उक्त क्षेत्रमा विद्युत आपूर्तिको समस्या र पूर्वाधारबारे विधायक लेप्चाले सम्वन्धित अधिकारीहरूसँग अन्तक्रिया गरिन्।

About Author

Advertisement