विधायक लाम्टाले गरे खाद्य भण्डारको निरीक्षण

IMG-20240801-WA0267

गान्तोक: स्यारी समष्टिका विधायक तेञ्जिङ नर्बु लाम्टाले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत नान्डोक सरमसामा सरकारी खाद्य भण्डार र एमपीसीएस-को निरीक्षण भ्रमण गरे। भ्रमणअवधि विधायकले खाद्यान्नको निरीक्षण गर्नुकासाथै त्यहाँ कार्यरत कर्मचारीहरूसँग भलाकुसारी पनि गरे। कुराकानीको क्रममा कर्मचारीहरूले विधायकलाई आफूहरूले झेल्दै आएका समस्याहरूबारे पनि अवगत गराए। यसबारे सरकारसमक्ष कुरा राख्ने विधायकले आश्वासन दिए। यस भ्रमणअवधि स्थानीय पञ्चायत केबी ठटाल पनि विधायकको साथमा थिए।

About Author

Advertisement