नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मध्ये प्रदेश, राजस्थान र छत्तीसगढ तीन राज्यका जनतालाई अभिवादन जनाएका छन्। ‘मध्य प्रदेश, राजस्थान र छत्तीसगढको चुनावी नतिजाले भारतका जनतालाई सुशासन र विकासको राजनीतिमा मात्र विश्वास रहेको देखाएको छ, उनीहरुको विश्वास भाजपामा रहेको छ’, भन्दै प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्। ‘म यी सबै राज्यका परिवारका सदस्यहरू, विशेष गरी आमा, दिदीबहिनी, छोरीहरू र हाम्रा युवा मतदाताहरूलाई बीजेपीलाई माया, विश्वास र आशीर्वाद दिनु भएकोमा हृदयदेखि धन्यवाद दिँदछु’, उनले भनेका छन्। प्रधानमन्त्रीले मोदीले अझ भन्नुभयो, ‘म उनीहरूलाई आश्वासन दिन्छु, हामी तपाईको कल्याणको लागि अथक प्रयास गरिरहनेछौंl’ उनले यस अवसरमा पार्टीका सबै कार्यकर्ताहरूलाई विशेष धन्यवाद दिएl उनले भने, ‘तपाईं सबैले एक अद्भुत उदाहरण बसाल्नुभयो। तपाईंले भाजपाको विकास र गरीब कल्याणकारी नीतिहरूलाई जनतामाझ लिएको तरिकाको प्रशंसा गर्न सकिँदैन। हामी विकसित भारतको लक्ष्य लिएर अगाडि बढिरहेका छौंl’










