विद्युत कार्यालय घेराउ गर्दै स्टेशन म्यानेजरलाई सरुवा गर्ने दाबी

IMG-20220704-WA0125.jpg

कालचिनी: आईएनटीटीयूसी अनुमोदित पश्चिम बङ्गाल राज्य विद्युत पर्षद एम्प्लोइज यूनियनको आह्वानमा आज बिहान ११ बजीदेखि बिजुली विभागको कालचिनी कस्टुमर केयर सेन्टर कार्यालयमा ताला झुण्ड्याएर विभागको कर्मचारीहरूले विक्षोभ प्रदर्शन गरेको थियो। उक्त कर्मसूची पालन गर्दै डब्ल्यूबीएसईडीसीएल कालचिनी स्टेशन म्यानेजर इलियास मीयाँ विरुद्ध नाराबाजी गरिएको थियो भने प्रायः २ घन्टासम्म स्टेशन म्यानेजरलाई कार्यालयभित्रै तालाबन्दी गरेर राखिएको थियो।
एम्प्लोइज युनियनको उपदेष्टा उत्सेन्दु तालुकदार र एम्प्लोइज यूनियनको अलिपुरद्वार जिल्ला सभापति धुर्व दासले कालचिनी स्टेशन म्यानेजर इलियास मीयाँले सरासरी कार्यालयको कर्मचारीहरूसित असहयोगिता गर्दै आइरहेको र यिनले कर्मचारीहरूलाई अनिवार्य रुपमा छुट्टी माग्दा पनि नदिएको र मानसिक रुपमा अत्याचार गर्ने गरेको र कार्यालयको महिला कर्मचारीहरूसित पनि खराब व्यावहार अप्नाएको आरोप लगाएको छ। यस्तो अधिकारीलाई यहाँबाट सरुवा गर्ने दाबी गर्दै आज एम्प्लोइज यूनियनको सदस्यहरूले विक्षोभ प्रदर्शन गरेको थियो। एम्प्लोइज यूनियनको अलिपुरद्वार जिल्ला सभापति धुर्व दासले बताएअनुसार गत २९ जुनको दिन आगामी २१ जुलाईको दिन सम्पन्न हुने ब्रिगेड सभाको प्रस्तुति सभाको निम्ति प्रत्येक शाखाबाट ३ जना गरेर सदस्यहरूलाई डाकिएको थियो सो अनुरुप कालचिनी स्टेशन म्यानेजर समक्ष एम्प्लोइज यूनियनको दुईजना सदस्यले छुट्टी माग्न जाँदा छुट्टी नदिएकोले सीएल लेखाएर दुईजना सदस्य सभामा जाँदा उनीहरूलाई सोकज गरेको घटनाले पश्चिम बङ्गाल राज्य विद्युत पर्षद एम्प्लोइज यूनियनको आह्वानमा आज कालचिनी स्टेशन म्यानेजर इलियास मीयाँ विरुद्ध विक्षोभ प्रदर्शन गरिएको र यदि यस्तै अनड़ता देखाए यिनलाई यहाँबाट सरुवा गर्ने मागमा अझै जोरदार आन्दोलन गर्ने चेताउनी दिएका छन्। यता स्टेशन म्यानेजर इलियास मीयाँले सम्पूर्ण आरोपहरू आधारहीन भन्दै कार्यालयमा कानुन बाहिर यस्तो क्रियाकलाप सहन नगरिने जनाएका छन्। अर्कोतिर डब्ल्यूबीएसईडीसीएलका अलिपुरद्वार डिभिजनल म्यानेजर अंशुमान सरकारले सम्पूर्ण कुराको जाँच पड़ताल गरिने जनाएका छन्।

About Author

Advertisement