विद्या भारती सिक्किमद्वारा चेस प्रतियोगिताकाे आयोजन

n6259048971723226447054bf53e585c89234b58dfe5bfe8a90e8ff370f09613df551bc92046803cf1f8314

गान्तोक: विद्या भारती सिक्किमद्वारा रानीपुलमा सञ्चालित सरस्वती विद्या निकेतनमा चेस प्रतियोगिता आयोजन गरियो। ‘चेस इन् स्कूल’ को थीममा यस चेस खेलको आयोजना सिक्किम चेस एसोसिएशनको सहयोगमा गरिएको थियो।

विद्या भारती सिक्किमको प्रान्त प्रचार प्रमुख सूय धितालले जानकारी गराए अनुसार, सरस्वती विद्या निकेतन, रानीपुलकी चेस शिक्षक पुष्पा गुरूङ र विद्यालयका शिक्षकहरूको अथक परिश्रममा चेस प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरियो। प्रतियोगितामा दस विद्यालयका विद्यार्थीहरू सहभागी थिए।

विजयी प्रतिभागीहरूलाई सिक्किम चेस एसोसिएशनका अध्यक्ष लीला आचार्य, महासचिव महेन्द्र ढकाल, प्रधानाचार्य विद्या लामा तथा अन्य अतिथिहरूको बाहुलीद्वारा सम्मानित गरियो।

About Author

Advertisement