वाकर्स संघ बागडोग्रा द्वारा रक्तदान शिविर आयोजित

IMG-20240717-WA0001

बागडोग्रा: वाकर्स संघ बागडोग्राले रक्तदान शिविरको आयोजना गरेको थियो। आज उक्त रक्तदान शिविर बागडोग्रा स्टेशन मोडमा आयोजित गरिएको थियो। जसमा दिउँसो २ सय युनिट रगत संकलन भएको थियो। सिलगढीको तराई लायन्स ब्लड बैंक र उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालको ब्लड बैंकमा पठाइनेछ। तीन सय युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको संस्थाका अधिकृत रतन घोषले बताए। मानिसहरु स्वेच्छाले रक्तदान गर्न अगाडि आएका छन्। उनले आगामी दिनमा पनि समाज कल्याणका कार्यक्रम सञ्चालन गरिने बताए।

About Author

Advertisement