वल्लभ भाई पटेलको जन्मजयन्ती पालन

e01f359d44834e8731a0998acaa8d8c9

नयॉं दिल्ली: संसद सदस्यहरू, पूर्व संसद सदस्यहरू र अन्य विशिष्टजनले आज वल्लभभाई पटेलको जयन्तीमा संविधान सदनको केन्द्रिय कक्षमा उनका चित्रमा पुष्पाञ्जली अर्पण गरे।
लोकसभाका महासचिव उत्पल कुमार सिंह, राज्यसभाका महासचिव पीसी मोदी र लोकसभा एवं राज्यसभा सचिवालयका वरिष्ठ अधिकारीहरूले पनि सरदार पटेललाई श्रद्धाञ्जली अर्पण गरे। यस कार्यक्रममा भाग लिने विशिष्टजनलाई लोकसभा सचिवालयद्वारा हिन्दी र अंग्रेजीमा प्रकाशित सरदार वल्लभभाई पटेलको जीनव वृत्त पुस्तिका भेट गरियो।
तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादले २३ अप्रेल, १९५८मा संसद भवनको केन्द्रिय कक्षमा सरदार पटेलको चित्रको अनावरण गरेका थिए।

About Author

Advertisement