नयाँ दिल्ली: आईसीसले २०२७ पुरुष वनडे वर्ल्ड कपको प्रारूपमा ठूलो बद्लाउ गरेको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामीबियाको संयुक्त आयोजनमा हुने यस टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिनेछ तर पहिलोपल्ट ‘सुपर सीरीज’ र ‘सुपर ७’ जस्ता नयाँ राउण्ड देख्न पाइनेछ। टुर्नामेण्टको शुरुवाती राउण्डका म्याचहरूलाई अझ रोचक बनाउन यस्तो बद्लाउ गरिएको आईसीसीको बताएको छ। यसको साथमा टी२० वर्ल्ड कपको प्रारूपमा पनि बद्लाउ गरिएको छ। आईसीसी वनडे वर्ल्ड कप २०२७ र टी२० वर्ल्ड कप २०२८ मा हुनेछ। वनडे वर्ल्ड कपको गत संस्करणमा १० वटा टीमले हिस्सा लिएको थियो अनि शुरुवाती राउण्डमा सबै टीमले एकार्काविरुद्ध म्याच खेल्यो। यसरी हरेक टीमले ९ वटा गरेर म्याच खेल्यो। त्यसपछि अंक तालिकाको शीर्ष ४ स्थानमा रहने टीमहरूले सेमिफाइनलको निम्ति क्वालीफाई गरेको थियो। त्यसपछि फाइनल खेलिएको थियो। अब २०२७ को वर्ल्ड कपमा १४ वटा टीमले हिस्सा लिनेछ तर सबै टीम सीधै ग्रुप राउण्डमा पुग्नेछैन। यी १४ वटा टीमहरूमा ऱ्याङकिंगमा सबैभन्दा तल रहने ३ वटा टीमबीच सुपर सीरीज खेलिनेछ। यसरी १२औं देखि १४औं स्थानमा रहने टीमले सुपर सीरीजमा हिस्सा लिनेछ अनि त्यहाँबाट केवल एउटा टीम अघिल्लो आउण्डमा पुग्नेछ अनि दुईवटा टीमले बिदा लिनेछ। यसरी १४ वटा टीम रहे पनि मुख्य प्रतियोगिता केवल १२ वटा टीमको साथ शुरु हुनेछ, जसलाई २ वटा ग्रुपमा बाँड़िनेछ। प्रत्येक ग्रुपबाट शीर्ष ३ वटा टीमले सीधै सुपर ७ राउण्डमा प्रवेश गर्नेछ। यसरी दुईवटा ग्रुपबाट जम्मा ६ वटा टीम अघि बढ्नेछ। यसबाहेक रहल एउटा टीमको चयन चौथो स्थानमा रहने सर्वश्रेष्ठ टीमबाट हुनेछ। यसरी जम्मा ७ वटा टीम सुपर ७-मा पुग्नेछ। यस राउण्डमा प्रत्येक टीमले एकार्काविरुद्ध म्याच खेल्नेछ अनि अंक तालिकाको आधारमा शीर्ष ४ वटा टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। सेमिफाइलको विजेता टीमहरूबीच फाइनलमा भिड़न्त हुनेछ। उल्लेखनीय छ, आईसीसीले २०१७वर्ल्ड कपमा १४ वटा टीम राख्ने फसेला जून २०२१-मै गरेको थियो। यसरी टी२० वर्ल्ड कपको प्रारूपमा पनि आईसीसीले केही बद्लाउ गरेको छ। टुर्नामेण्टको दोस्रो राउण्डमा अब ८ वटा टीम नभएर १० वटा टीम खेल्नेछ। पहिला ग्रुप राउण्डपछि सुपर ८ राउण्ड हुन्थ्यो तर अब सुपर १० राउण्ड हुनेछ। यसले एसोसिएट टीमहरूको अघिल्लो आउण्डमा पुग्ने सम्भावना बढ्नेछ। पहिला २० वटा टीमलाई ४ वटा ग्रुपमा बाँड़िन्थ्यो तर अब २० वटा टीमलाई ५ वटा ग्रुपमा बाँड़िनेछ। यसरी प्रत्येक ग्रुपमा ४-४ वटा टीम रहनेछ। हरेक ग्रुपबाट शीर्ष २ वटा टीम अघि बढ्नेछ। यसरी यसरी जम्मा १० वटा टीम अघिल्लो राउण्डमा पुग्नेछ। सुपर १० मा दशवटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िनेछ। प्रत्येक ग्रुपबाट शीर्षमा रहने टीमहरूले सीधै सेमिफाइनलमा स्थान बनाउनेछ। यसरी दोस्रो र तेस्रो स्थानमा रहने टीमहरूबीच आईपीएलमा झैँ एलिमिनेटर म्याच खेलिनेछ। गत संस्करणमा सुपर ८ राउण्डमा दुवै ग्रुपको शीर्ष दुई स्थानमा रहने टीमहरू सेमिफाइलमा पुग्थ्यो। अब नयाँ प्रारूपको साथ सुपर १०-बाट केवल दुईवटा टीम सीधै सेमिफाइनलमा पुग्नेछ। एलिमिनेटरमा ग्रुप ए-को दोस्रो स्थानमा रहने टीमले ग्रुप बी-को तेस्रो स्थानमा रहने टीमविरुद्ध म्याच खेल्नेछ। यसरी ग्रुप बी-को दोस्रो स्थानमा रहने टीमले ग्रुप ए-को तेस्रो स्थानमा रहने टीमविरुद्ध खेल्नेछ। यी दुईवटा म्याचको विजेता टीमहरू सेमिफाइनलमा पुग्नेछ। यसरी ४ वटा टीमबीच सेमिफाइनल अनि पछिबाट फाइनल हुनेछ।










