लोग्नेको हत्याको आशङ्कामा स्वास्नी पक्राउ

photocollage_2022720175246949.jpg

सिलगढी: मोहित चावलियाको रहस्यमय मृत्युको मामिलामा आज पुलिसले तिनकी स्वास्नी सुनिता रायलाई पक्राउ गरेको छ। ज्ञात रहोस मतिगढा थाना अन्तर्गत न्यू कोलोनी इलाकामा पारिवारिक विवादपछि मोहित चावलियाको मृतक शरीर आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। मोहितको मृत्युको खबर पाएपछि परिवार पक्ष लगायत सम्पूर्ण इलाकामा नै सनसनी फैलिएको थियो। घटनास्थलबाट पुलिसले मृतक शरीर उद्धार गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाइदिएको थियो। अर्कोतिर, मोहितको मृत्यु भएपछि तिनको आमा, बहिनी लगायत इलाकाको मानिसहरूले दोषी मोहितको स्वास्नीलाई पक्राउ गर्ने माग गर्दै हिज खोपरेल मोड़ ट्राफिक प्वाइन्ट नजिक राष्ट्रीय राजमार्गमा लगभग एक घन्टासम्म बन्द गरेर प्रदर्शन गर्दै हो-हल्ला मच्चाएको थियो। उक्त घटनापछि डीसीपी कुंवर भूषण सिंह घटनास्थलमा पुगेर तिनीहरूलाई सान्त्वना दिँदै दोषीहरूलाई चाँडै पक्राउ गर्ने आश्वासन दिएका थिए। यसपछि मानिसहरूले प्रदर्शन समाप्त गरेका थिए। यसको साथै मृतकको परिवार पक्षले थानामा मोहितको स्वास्नी सुनिता, तिनको ठूलो दिदी मामुनी र तिनका भेना भन्टु मण्डल विरूद्ध मारपीट, मानसिक अत्याचार गरेको बारे अभियोग दर्ता गरेको थियो। यसपछि नै मतिगढा पुलिसले मोहितको स्वास्नी सुनिता रायलाई पक्राउ गरेको बताइएको छ। सुनीताको ठूलो दिदी मामुनी र तिनका भेना भन्टु मण्डललाई पनि पुलिसले खोजी गरिरहेको छ।

About Author

Advertisement