लोकसभा नि राज्यसभा सांसदहरू विरूवा रोपन कार्यक्रममा सहभागी

IMG-20240830-WA0232

गान्तोक: पर्यावरण क्षेत्रलाई दीगो बनाउन साथै संरक्षण गर्ने उद्देश्यले लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चाले आज पाकिम जिल्लामा आयोजित विरूवा रोपन कार्यक्रममा सहभागिता जनाए। पाकिम जिल्लाको अतिरिक्त जिल्लापाल कार्यालय परिसरमा आयोजित विरूवा रोपन कार्यक्रम विशेष गरेर “एक पेड माँ के नाम” कार्यक्रम मिशन रिबाइवल अफ व्यारेन ल्याण्ड इनिसेटिब अन्तर्गत पर्यावरणको सुरक्षा गर्ने हेतुले आयोजना गरिएको हो। एक प्रतिकात्मक संकेत अनुसार डा. इन्द्रहाङ सुब्बा र डीटी लेप्चाले हरियाली भविष्यको लागि सहयोगी प्रयासलाई जोड दिँदै, हिन्दू धर्म, बौद्ध धर्म र अन्य प्राचीन परम्पराहरूमा गहिरो रूपमा सम्मानित प्रजातिको ‘रुद्राक्ष’ बिरुवा रोपे। विरूवा रोपन कार्यक्रममा शिक्षा विभाग मन्त्री राजु बस्नेत, नाम्चेबुङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चा, मन्त्री पुरण गुरूङ लगायत अन्यहरू पनि सामेल रहेका थिए।

About Author

Advertisement