नाम्ची जिल्ला पुलिसले गऱ्यो नशालु पदार्थ नष्ट

IMG-20240830-WA0233

गान्तोक: नाम्ची जिल्ला पुलिसले एक वर्षदेखि जफ्त गरेको नशालु पदार्थ अर्थात ड्रग्स आज नाम्ची जिल्ला अस्पतालको इन्सिनेरेटर कक्षमा नष्ट गरियो। जफ्त गरिएको सबै नशालु पदार्थ जिल्ला सत्र न्यायालयका न्यायधीश साथै जिल्लास्तरीय ड्रग्स डिस्पोजसल समितिको देखरेखमा नष्ट गरिएको हो। यस अवसरमा नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछो, डीएलडीडीसीका अध्यक्ष निम पिन्छो भोटिया, महकुमा अधिकारी (मुख्यालय) पेमा राना लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। नशालु पदार्थ नष्ट गर्ने क्रममा स्पास्मो प्रोक्सिवन क्याप्सुल ४० हजार ४२९, नाइट्रोज्म ट्याबलेट १,३५०, कफ सिरप ७९८ बोतल, ब्राउन सुगर ११.३०४ ग्राम्स र गाँजा २१,१२८ ग्राम्स नष्ट गरियो।

About Author

Advertisement