कोलकाता: पश्चिम मेदिनीपुरको शाल्बनीस्थित लोकबन्धन लोक संस्कृति संगठनको व्यवस्थापनमा शाल्बनी हाई स्कूलमा वसन्त उत्सवको आयोजना गरियो। कार्यक्रम बिहान प्रभातफेरीको आयोजनाबाट शुरु भयो। त्यसपछि बालबालिकाको चित्रकला प्रतियोगिता, नृत्य, कविता वाचन, संगीत लगायतका प्रतियोगिताहरु आयोजना गरियो। साथै कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरियो। कार्यक्रममा कियामाछा हाई स्कूलका प्रधानाध्यापक अनुप कुमार पडिया, प्रख्यात चित्रकार तारकनाथ दे, सुजित दास, अनिर्बान पाल, राखी महत, प्रख्यात नर्तिका पायल पात्रा, श्वेता मण्डल, महुआ मित्र, नाट्य कलाकार तनुश्री चक्रवर्ती, समाजसेविका नूतन घोषको उपस्थिति रहेको थियो।














