लोअर स्यारी विद्यालयको स्वर्ण जयन्तीमा सीप विकास कार्यशाला

FB_IMG_1791479441630

गान्तोक: लोअर स्यारी सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहअन्तर्गत दोस्रो चरणको कार्यक्रम ७ र ८ अक्टोबरमा सम्पन्न भएको छ।
समारोहको मुख्य आकर्षण सिक्किमकी उद्यमी शोभा राईद्वारा सञ्चालन गरिएको अनुभवमा आधारित सिकाइ तथा सीप विकास कार्यशाला रह्यो। कार्यशालामा उनले विद्यार्थीलाई कढाइकलाका विभिन्न सूक्ष्म तथा सिर्जनात्मक सीप सिकाएकी थिइन्।

विद्यार्थीलाई मोबाइल फोनको अत्यधिक प्रयोगबाट टाढा राख्दै उनीहरूको सिर्जनशीलता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमको दोस्रो दिन प्रमुख अतिथिका रूपमा मुद्रण तथा लेखन सामग्री विभागका सचिव डा. एबी कार्की सहभागी थिए। उनले सीप विकासको महत्त्वबारे चर्चा गर्दै स्वर्ण जयन्ती समारोहका क्रममा विद्यालयले सीप विकासलाई प्राथमिकता दिएर गरेको पहलको प्रशंसा गरे।
कार्यशालामा पीएमश्री देउराली सरकारी वरिष्ठ माध्यमिक विद्यालय, तादोङ वरिष्ठ माध्यमिक विद्यालय, पीएमश्री अपर स्यारी जुनियर हाई स्कुल तथा लुम्से माध्यमिक विद्यालयका विद्यार्थीसमेत सहभागी थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, स्वर्ण जयन्ती समारोह समितिका सदस्य, शिक्षक–कर्मचारी तथा विद्यार्थीको उपस्थिति थियो।

About Author

Advertisement