लिला कुमार गुरुङसहित ६८ परिवार भागोप्रमोमा सामेल

IMG-20221216-WA0213.jpg

कागे: हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेसन केन्द्रीय समितिका महासचिव तथा गोजमुमो केद्रीय समितिका पूर्व सदस्य लिला कुमार गुरुङ सहित ६८ घर-परिवार आज पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। कालेबुङ जिल्लाको कागेमा आयोजित एउटा कार्यक्रम अवधि गोरूबथान खण्ड अन्तर्गत ४३ र ४४ नम्बर समष्टिका ६८ परिवार भागोप्रमो मा सामेल भएका छन्। उनीहरूलाई स्वागत जनाउँदै अनित थापाले पार्टीको झन्डा प्रदान गरे। स्मरण रहोस्, लिला कुमार गुरुङले गत नोभेम्बर महिनामा गोजमुमो पार्टीबाट राजीनामा दिएका थिए।

हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेसन केन्द्रीय समिति महासचिव लिला कुमार गुरुङसहित गोरूबथान खण्ड क्षेत्रको वन- बस्तीका नेतृत्वहरूले आज जीटीए प्रमुख कार्यपाल तथा भागोप्रमो अध्यक्ष अनित थापाको ३८ नम्बर समष्टि भ्रमण अवधि कागेमा आयोजित जनसम्पर्क अभियान कार्यक्रममा अनित थापाको बाहुलीबाट झण्डा ग्रहण गरे।

About Author

Advertisement