ला लीगाः रियल म्याड्रिड विजयी

CollageMaker_2023219105343515.jpg

१९ फरवरीः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिडले शीर्ष स्थानको रेसमा बार्सिलोनालाई खेदो गर्न जारी राख्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले ओसासुना विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्दै रियलले दुवै गोल अन्तिम समयमा हासिल गऱ्यो। फेडेरिको भाल्भर्देले ७८औं मिनटमा गोलको खाता खोले। त्यसपछि मार्को असेन्सिओले स्टपेज टाइमको दोस्रो मिनटमा रियललाई दोस्रो गोल दिलाए। यस जीतपछि रियल २२ वटा म्याचमा ५१ पोइण्टको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग शीर्षमा रहने बार्सिलोनाभन्दा ५ पोइण्ट कम्ती रहेको छ। यसरी नै ओसासुना ३० पोइण्टको साथ १०औं स्थानमा रहेको छ। यसबीच शीर्ष तीनमा सामेल रियल सोसिएदाद चाहिँ सेल्टा विगो विरुद्ध १-१-को ड्र-मा रोकियो। मिकेल ओयारजाबालले रियल सोसिएदादलाई पाँचौं मिनटमै बढ़त दिलाए, जुन लगभग अन्तिम समयसम्म कायम रहेको थियो। यसबीच सेल्टा विगोका खेलाड़ी रेनाटो तापिआलाई ७४औं मिनटमा रातो कार्ड पनि देखाइयो तर सोसिएदादले त्यस मौकाको फाइदा उठाउन सकेन अनि उल्टा रोबिन ले नोर्माण्डले स्टपेज टाइमको तेस्रो मिनटमा आत्मघाती गोल गर्दा सेल्टा विगो म्याच १-१-ले ड्र गर्न सफल भयो। यस ड्र पछि रियल सोसिएदाद २२ वटा म्याचमा ४३ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो । सेल्टा विगो २४ पोइण्ट लिएर १३औं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा गिरोनाले अल्मेरिआलाई ६-२-ले, मालोर्काले भिल्लारियललाई ४-२-ले अनि रियल बेटिसले भाल्लाडोलिडलाई २-१-ले पराजित गऱ्यो।

About Author

Advertisement