ला लीगाः बार्सिलोनाको हारले रेकर्ड ३६औं पल्ट च्याम्पियन बन्यो रियल म्याड्रिड

IMG-20240505-WA0121.jpg

म्याड्रिड: रियल म्याड्रिडले रेकर्ड ३६औं पल्ट स्पेनिश ला लीगा फूटबलको खिताब जित्यो। शनिवार राति आफ्नो म्याच जितेपछि निकटतम प्रतिद्वन्द्वी बार्सिलोनाले गिरोना विरुद्ध हारको सामना गर्नको साथै कार्लो एन्सेलोट्टीको टीम लीग च्याम्पियन बन्ने तय भयो। शीर्षमा रहने रियल म्याड्रिडसँग अहिले दोस्रो स्थानमा रहने गिरोनाभन्दा १३ पोइण्ट्स अधिक रहेको छ अनि ला लीगामा अझ ४ वटा गरेर म्याच बाँकी छ। यसरी गिरोनाले रहल चारैवटा म्याच जिते पनि रियललाई छुन सक्नेछैन। यसबीच गिरोना विरुद्ध पराजित भएपछि बार्सिलोना चाहिँ झरेर तेस्रो स्थानमा पुग्यो। रियल म्याड्रिडको निम्ति यो सीजन असाधारण रह्यो अनि टीमले ली लीगामा केवल एउटा म्याचमा हारको सामना गर्नु पऱ्यो। ला लीगा खिताब जितेपछि अब रियलको नजर यूएफा च्याम्पियन्स लीगमा रहनेछ, जसको सेमिफाइनल राउण्डको दोस्रो लेगमा रियलले आफ्नो होम ग्राउण्डमा बायर्न म्यूनिखको चुनौती स्वीकार्नेछ। यसअघि बायर्नको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच २-२-ले ड्र रहेको थियो।
रियल म्याड्रिडले शनिवार राति खेलिएको म्याचमा काडिजलाई ३-०-ले पराजित गऱ्यो। प्रशिक्षक एन्सेलोट्टीले बायर्न विरुद्ध च्याम्पियन्स लीगको म्याचलाई ध्यानमा राखेर केही खेलाड़ीहरूलाई विश्राम दिए पनि होम ग्राउण्डमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने रियललाई म्याच जित्न असुविधा भएन। विजेता टीमबाट ब्राहिम डिआजले ५१औं, जूड बेलिंघमले ६८औं र जोसुलेले इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। यस जीतपछि रियल ३४ वटा म्याचमा ८७ पोइण्ट्सको साथ ला लीगा टेबलको शीर्षमा कायम रह्यो। यसबीच गिरोनाले चाहिँ गत सीजनको च्याम्पियन बार्सिलोनालाई ४-२-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने गिरोनाबाट पोर्टुले ६५औं र ७४औं मिनटमा २ गोल गरे। यसबाहेक अर्टेम डोवबिकले चौथो र मिगुएल गुटिएरेजले ६७औं मिनटमा गोल गरे। म्याचको मध्यान्तरसम्म १-२-ले पछि रहे पनि गिरोनाले दोस्रो हाफमा केवल ९ मिनटको अन्तरमा ३ गोल दर्ता गरी जीत हासिल गऱ्यो। बार्सिलोनाबाट एण्ड्रिएस क्रिस्टेनसेनले तेस्रो र रोबर्ट लेवाण्डोस्कीले मध्यान्तर अघि इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। यस म्याचपछि गिरोना ७४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहन पुग्यो जबकि तेस्रो स्थानमा रहने बार्सिलोनासँग ७३ पोइण्ट्स रहेको छ। यसबीच एट्लेटिको म्याड्रिडले पनि मालोर्कालाई १-०-ले पराजित गऱ्यो। रोड्रिगो रिकलमीले पाँचौं मिनटमा गोल गरी एट्लेटिकोलाई जीत दिलाए। यस जीतपछि एट्लेटिको ६७ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। अन्य म्याचहरूमा रियल सोसिएदादले लास पाल्मासलाई अनि एथलेटिक क्लबले गेटाफेलाई २-०-को समान अन्तरले पराजित गऱ्यो।

About Author

Advertisement