लाल किल्लामा ७८औँ स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिको रूपमा सिक्किम स्वास्थ्यकर्मीहरूलाई आमन्त्रण

00-1-Sikkim

गान्तोक: सिक्किमको लागि फेरि ठूलो गर्वको क्षणमा आएको छ। नयाँ दिल्लीको ऐतिहासिक लाल किल्लामा ७८औँ स्वतन्त्रता दिवस समारोहको लागि राज्यका दुई प्रतिष्ठित स्वास्थ्यकर्मीलाई विशेष अतिथिको रूपमा चयन गरिएको छ। मल्ली पीएचसी अन्तर्गत तुरुक स्वास्थ्य तथा कल्याण केन्द्रमा सेवारत् सहायक नर्स एण्ड मिडवाइफ (एएनएम) श्रीमती ग्लोरीमित लेप्चा र नामथाङ पीएचसी अन्तर्गत फोङ्ला स्वास्थ्य तथा कल्याण केन्द्रकी आशा कार्यकर्ता श्रीमती तारा सुब्बालाई विशेष अतिथिका रूपमा आमन्त्रित गरिएको छ। यो मान्यता उनीहरूको असाधारण समर्पण तथा स्वास्थ्य सेवा क्षेत्रमा योगदानको प्रमाण हो।  श्रीमती लेप्चा र श्रीमती सुब्बाले आ-आफ्नो क्षेत्रको स्वास्थ्य सेवाको अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् र विशेष अतिथिको रूपमा उनीहरूको चयनले जनस्वास्थ्य र कल्याणप्रतिको उनीहरूको उल्लेखनीय प्रतिवद्धतालाई उजागर गर्दछ। यस महत्त्वपूर्ण अवसरमा दुवैजना आ-आफ्ना पति/पत्नीसँगै जानेछन्। यो सम्मानले उनीहरूको कामको उच्च सम्मानलाई प्रतिबिम्बित गर्दछ र राज्यमा स्वास्थ्य सेवा सुधार गर्न समर्पित सबैलाई प्रेरणाको रूपमा सेवा गर्दछ। उनीहरूको अनुकरणीय सेवा स्वास्थ्य क्षेत्रमा समर्पण र उत्कृष्टताको ज्योतिको रूपमा खडा छ। -पीआईबी

About Author

Advertisement