सिलगढी: लायन्स क्लब अफ सिलगढी तराई शक्तिले सिलगढीको सूर्यसेन पार्कमा सरसफाइ कर्मचारी र खाँचोमा परेका मानिसहरूलाई छाता र खाना वितरण गरेको छ। यो कार्यक्रम मंगलबार दिउँसो सिलगढी सूर्यसेन पार्क भित्र एक कार्यक्रम मार्फत गरिएको थियो। भारी वर्षाका कारण यस क्षेत्रमा धेरैलाई समस्या भएको संस्थाले जनाएको छ । पानी पसेका कारण धेरै घरमा क्षति पुगेको छ । जसका कारण उनीहरुको सुविधाका लागि संस्थाले उनीहरुलाई नयाँ छाता र अन्य सामाग्री दिनुका साथै दिउँसोको खाना समेत उपलब्ध गराएको छ ।











