लायन्स क्लबद्वारा कुम्रेकमा बिरुवारोपण

IMG-20230727-WA0334.jpg

गान्तोक: लायन्स इन्टरनेशनलको लायन्स क्लब अफ रम्फूद्वारा वान डिस्ट्रिक्ट वान एक्टिभिटी अन्तर्गत सुरू गरेको ईच वान प्लांट वान नाराको साथ आज कुम्रेकमा बिरुवारोपण कार्यक्रम आयोजित गरियो}। क्लब सभापति लायन गौतम अग्रवालको नेतृत्वमा सचिव संदीप साऊ, निर्देशक भीके निगम, संयोजक राकेश अग्रवाल सहित सदस्यहरुको सहभागिता थियो। आज विभिन्न प्रजातिका ५० भन्दा ज्यादा बिरुवारोपण गरियो। लायन्स क्लब इन्टरनेश्नल एफ़द्वारा प्रदान गरिएको सिड़बल सहित बन विभागद्वारा प्रदान गरिएको बिरुवारोपण गरिएको थियो। गौतम अग्रवालले उत्तर बंगाल, डूवर्स सहित सिक्किममा रहेको १२० भन्दा ज्यादा क्लबले पर्यावरण संरक्षणप्रति जागरूक हुँदै प्रत्येक वर्ष सरह यसपाली पनि बिरुवारोपण प्राथमिकता दिएको र पहिलो चरणमा कुम्रेकमा आयोजित गरिएको बताए} यस प्रकारको अभियान अन्य स्थानहरुमा पनि आयोजित गर्ने जानकारी दिए।

About Author

Advertisement