लामो समयपछि फेरि एकसाथ भएका पल र मलिकाले समाते सहकारी ठग (हेर्नुहोस् भिडियो)

06990dff-f164-480c-b713-25f0b16f476c
  • सहकारी ठगको कथामा पल र मलिका, पाउलान त पीडितले न्याय?
  • एक बर्ष जेल जिवन बिताएर आएका पलको मलिकासंग पहिलो सहकार्य, कती जम्यो जोडी?
  • रवि लामिछानेको बयानकै दिन सहकारी ठगमा आधारित पल र मलिकाको राधा पियारीसार्वजनिक

काठमाडौं: लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीत शुक्रबार ओ.एस.आर डिजिटल युटउब च्यानबाट सार्वजनिक गरिएको हो। सिने क्षेत्रका दुई चर्चित कलाकारहरू पल शाह र मलिका महतको प्रभावशाली अभिनयले सजिएको यो भिडियो सन्देशमुलक छ। पी.एम जोडीको नामले परिचित यी दुईको यो भिडियो केही विशेष छ। भिडियो केही सस्पेन्स छ तर आकर्षक बनेको छ। नाम ‘राधा पियारी’ भए पनि गीतको भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। गीत डान्सिङ बिटको छ तर भिडियोले मनोरञ्जन सँगसँगै पीडितहरुको आवाज उठाएको छ। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो।  समग्रमा भन्नुपर्दा, भिडियोले समाज रुपान्तरणको लागि सकारात्मक सन्देश प्रवाह गरेको छ।

भिडियोमा पल र मलिका पुलिसको भुमिकामा छन्। सहकारीको नाममा सोझा-साझा जनतालाई ठगिरहेको व्यक्तिलाई यी दुईले कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन भन्ने कुरालाई भिडियोले रमाईलो तरिकाले प्रस्तुति गरेको छ। बाँकी कथा बुज्न भने भिडियो नै हेर्नुपर्नेछ। पल र मलिका कुनै समयको दर्शकले रुचाएका जोडी हुन। बिचमा नायक पल शाहले बलात्कार केशमा एक वर्ष जेल जीवन बिताउनु परेपछि, उनले आफ्नो करियरबाट केही समय विश्राम लिनुपर्यो। एक वर्ष जेल जीवन कटाएर आईसकेपछि, पल र मलिकाको यो पहिलो सहकार्य हो। पल र मलिकाको जोडी मन पराउने र यी दुईको काम पुन हेर्न पर्खिरहेका दर्शकहरुका लागि यो पहिलो कोसेली पनि हो।

पछिल्लो समयकी डिमान्डेड गायिका शान्ती श्री परियार र गायक कृष्ण बि.केको सुमधुर आवाज रहेको यो गीतमा कृष्ण बि.के स्वयंले शब्द र संगीत भरेका छन। सार्वजनिक भिडियोमा जि.बि अग्रको निर्देशन रहेको छ। गीत र गीतको भिडियोले दर्शकको मन छुनेमा निर्देशक जि.बि अग्रि र गायक कृष्ण बि.के विश्वस्त छन्। संयोगले आज ‘राधा पियारी’ गीत सार्वजनिक हुनु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिनु, एकै दिनमा परेको छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालीको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि आज दिउँसो २ बजे बोलाइएको थियो। रविले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ। नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सञ्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन्। भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ।

About Author

Advertisement