लामपोखरीमा मनोरञ्जनात्मक मत्स्यपालन गतिविधि बारे सर्वेक्षण

IMG-20240628-WA0243

पाकिम: पूर्व सिक्किमको आरिटारस्थित लामपोखरीमा मनोरञ्जनात्मक मत्स्यपालन गतिविधिको सम्भावनाबारे अध्ययन गर्न आज राज्य सरकारको मत्स्यपालन विभागको एउटा शीर्ष टोलीले पोखरीको भ्रमण गऱ्यो। भारत सरकारको प्रधानमन्त्री मत्स्य सम्पदा योजनाअन्तर्गत लामपोखरीमा मनोरञ्जनात्मक मत्स्यपालन गतिविधिको सम्भावना बारे जानकारी लिन अधिकारीहरूको उक्त टोली लामपोखरी गएका थिए। अधिकारीहरूको यस टोलीलाई सहायक निर्देशक (मुक्यालय अनि गान्तोक) सुरेन्द्र भण्डारीले नेतृत्व गरेका थिए। अन्य सदस्यहरूमा सहायक निर्देशक (पाकिम) अशोक प्रधान, पाकिमका खण्ड विकास अधिकारी योगेश दङ्गाल अनि अन्य थिए।

भ्रमण अवधि सम्बन्धिक विषयको निम्ति गहन सर्वेक्षण गरियो। यस अवसरमा पोखरीमा पानीको गुणवत्ता, पूर्वाधार अनि माछाहरूको प्रजाति बारे विशेष गरेर अध्ययन गरियो। आजको सर्वेक्षण पछि राज्य सरकारको मत्स्यपालन विभागले स्थानीय आरिटार दलपचन्द लामपोखरी डेभलपमेन्ट सोसाइटीसित मिलेर सम्बन्धित निकायको परामर्शमा परियोजनालाई लिएर कार्य योजना तयार पार्ने भएको छ।

About Author

Advertisement