लाब्दामा प्लाष्टिक प्रतिबन्धबारे सचेतना शिविर

IMG_20220714_193951.jpg

मङपु: रंगली रंगलियट तकदाह खण्ड अन्तर्गत पर्ने लाब्दा ग्राम पन्चायत कार्यालयमा आज प्लाष्टिक प्रतिबन्धबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ। पन्चायत सचिव केशाङ तामाङले एकपल्ट प्रयोग गरिने प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध हेतु एक सचेतना शिविरको आयोजना गरे । यस शिविरमा व्यापारी संस्थान, स्वनिर्भर समूह तथा शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ग्राम पन्चायत कर्मचारी रबिन तामाङले सन्चालन गरेको थियो। रंगली रंगलियट खण्ड विकास कार्यालयबाट आएका अधिकारी राजीब ठटालले गत १ जुलाईदेखि देशभरि नै प्लाष्टिकको प्रयोग माथि बन्द लगाएको अनि प्लाष्टिकबाट पर्यावरण लाई हुने क्षतिबारे पनि सबैलाई जानकारी गराए।तिनले थप बताए कि प्लाष्टिकको बदलामा स्वनिर्भर समूहहरुले कागजको थैला निर्माण गरेर सो थैलाको प्रयोग गर्न सकिने बताए। आगामी २२ जुलाईको दिन स्वनिर्भर समूह र संघ-संस्थालाई लिएर एउटा ऱ्याली गरिने पनि बताए।

About Author

Advertisement