लाबुशेन र पुजारा महत्त्वपूर्ण खेलाड़ी रहने सचिनको दावी

IMG-20230607-WA0168.jpg

७ जूनः महान भारतीय ब्याटर सचिन तेन्दुलकरले अष्ट्रेलियाई ब्याटर मार्नस लाबुशेन र भारतीय ब्याटर चेतेश्वर पुजाराले वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा आ-आफ्नो टीमको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गरेका छन्। लाबुशेन र पुजाराले डब्ल्यूटीसी फाइनल अघि ईंग्ल्याण्डमा काउण्टी क्रिकेट खेलिरहेका थिए। यसैकारण काउण्टी क्रिकेटको अनुभवले यी दुई खेलाड़ीलाई फाइदा पुग्ने सचिनको भनाइ रहेको छ। सचिनले भने, फाइनल अघि काउण्टी क्रिकेट खेल्नु निश्चित रूपले महत्त्वपूर्ण हुनसक्छ। पुजारा र लाबुशेनले हालै काउण्टी क्रिकेटमा असल प्रदर्शन गरेका थिए। ईंग्ल्याण्डमा परिस्थिति अलग रहने हुनाले त्यहाँको अनुभवले यी दुईलाई निश्चित रूपले सहायता पुग्नेछ।
भारतीय टीमका अधिकांश खेलाड़ीहरू नै इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा हिस्सा लिएर डब्ल्यूटीसी फाइनल खेल्न लण्डन पुगेका छन् जबकि अष्ट्रेलियाका अधिकांश खेलाड़ीहरूले आराम गर्ने फसेला गरेका थिए। यसबाहेक दुवै टीमले काउण्टी टीमहरू विरुद्ध अभ्यास म्याच पनि खेलेन। यसैकारण दुवै टीम नेट्समा अभ्यास गरेर म्याचमा ओर्लिनेछ। सचिनले बताएअनुसार, यस महासंग्राम अघि दुवै टीमको निम्ति अभ्यास निक्कै महत्त्वपूर्ण रहनेछ। सचिनले भने, हाम्रा खेलाड़ीहरूले टी२० क्रिकेट खेलिसकेका छन् अनि अहिले ईंग्ल्याण्डमा छन्। अष्ट्रेलियाका पनि केही खेलाड़ीहरूले आईपीएलमा हिस्सा लिएका थिए। मेरो विचारमा नेटमा अभ्यास गर्नु भन्दा म्याच अभ्यास फाइदाजनक रहन्छ।

About Author

Advertisement