लाचुङमा हिमपहिरोमा ज्यान गुमाएका सैनिकप्रति मुख्यमन्त्री द्वारा श्रद्धाञ्जली

FB_IMG_1775314622147

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले लाचुङ क्षेत्रमा गस्तीका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका कुमाऊँ रेजिमेन्टका सैनिक नाइक विकास कुमारप्रति गहिरो समवेदना व्यक्त गरे।
मुख्यमन्त्री तामाङले एक शोक वक्तव्य जारी गर्दै देशका लागि कर्तव्य निर्वाह गर्ने क्रममा वीरगति प्राप्त गरेका सैनिकप्रति उच्च सम्मान व्यक्त गरे। उनले पिथौरागढका बहादुर सुपुत्र विकास कुमारको बलिदान सधैं गर्व र कृतज्ञताका साथ स्मरण गरिने बताए।
मुख्यमन्त्रीले शोकको यस घडीमा दिवंगत सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राष्ट्र उनीहरूको साथमा रहेको उल्लेख गरे। साथै, उनले देशको सुरक्षाका लागि आफ्नो जीवन अर्पण गर्ने वीर सैनिकहरूको योगदान सदैव अविस्मरणीय रहने बताए।

About Author

Advertisement