भने: जबसम्म जम्मा बकाया राशि भुक्तानी हुँदैन तबसम्म अनशन जारी रहने छ
खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीको समस्यालाई लिएर खरसाङस्थित लेबर अफिसमा लङभ्यू कमानको मालिक र प्रबन्धक पक्षलाई सभा बोलाइएको थियो। उक्त सभालाई लिएर अनशनमा बसेका श्रमिकहरुले प्रतिक्रिया दिएका छन्। सभामा कुनै पनि पार्टीको युनियन र कुनै पनि श्रमिकहरुलाई नबोलाइएको भन्दै यस विषयमा लङ्भ्यू चियाबारीको श्रमिकहरुले प्रतिक्रिया दिएका छन्। श्रमिकहरुले प्रतिक्रिया दिन्दै भने, यो निरन्तर ३ वर्षदेखिको आन्दोलन केवल हाजिरा अनि वेतन भुक्तानी मात्र नभएर श्रमिकहरुको पीएफ अनि ग्राजुयटी भुक्तानी लिएर हो। जबसम्म जम्मा बकाया राशि भुक्तानी हुँदैन तबसम्म अनशन जारी रहने छ।’
श्रमिकहरुले आफ्नो प्रतिक्रियामा भने, ‘मालिकको बानी अहिलेसम्म त्यही छ, पीएफ अनि ग्राजुएटीबारे कुरा गर्दा रहल पहल बकाया हाजिरा दिएर पीएफ ग्राजुएटीको मुद्दा साइड लगाउनु रहेको छ।अब यो पाराले चल्दैन। कामको दाम अनि श्रमिकको सामाजिक सुरक्षा यसरी दबाउनु पर्दैन।’











