लङ्भ्यु चियाबारीको समस्यालाई लिएर ११ नोभेम्बरमा त्रिपक्षीय वार्ता हुने

IMG-20241031-WA0415

खरसाङ: खरसाङको लङ्भ्यु चियाबारीको समस्यालाई लिएर आगामी ११ नोभेम्बरको दिन डागापुरस्थित श्रमिक भवनमा त्रिपक्षीय वार्ता डाकिएको जानकारी प्राप्त भएको छ। उक्त वार्तामा सरकार पक्ष, मालिक पक्ष साथै श्रमिक संगठनहरूलाई निम्ताएको जानकारी प्राप्त भएको छ। यस विषयमा एक भिडियो जारी गर्दै जीटीएको कार्यकारी सभासद एंव पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको सभासद कल्पना प्रधानले जनाएकी छन्। उनले आफ्नो भिडियो सन्देशमा भनेकी छन् -‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कर्ममा विश्वास राख्ने दल हो र हामी लंगभ्यु चियाबारीको समस्याको समाधान शान्तिमय ढंगमा गराउन चाहान्छौं। भागोप्रमो संस्थापक अध्यक्ष अनित थापा जहिले पनि लंगभ्युका श्रमिकवर्गको हितमा रहेको छ र उक्त सभामा लङ्भ्यु चियाबारीको सुनौलो दिन फर्केर आउने कुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा विश्वस्त रहेको छ।’

About Author

Advertisement