लक्ष्मी रामकृष्ण श्रीनिवास साउथ इण्डियन ब्याङ्कको अतिरिक्त निदेशक नियुक्त

1200-675-20085244-thumbnail-16x9-nn.jpg

काेच्चि: लक्ष्मी रामकृष्ण श्रीनिवास साउथ इण्डियन ब्याङ्कको अतिरिक्त निदेशक नियुक्त गरिएका छन्। श्रीनिवासको नियुक्ति तीन वर्षको निम्ति ब्याङ्कको गैर-कार्यकारी स्वतन्त्र निदेशकको रूपमा गरिएको छ।

साउथ इण्डियन ब्याङ्कले बुधवार जारी एक बयानमा भन्यो, लक्ष्णी रामकृष्ण श्रीनिवासलाई २० नोभेम्बर २०२३ दखि ब्याङ्कको अतिरिक्त निदेशकको पदमा नियुक्ति गरिएको छ।

ब्याङ्क अनुसार, श्रीनिवास तीन वर्षको निम्ति ब्याङ्कको गैर-कार्यकारी स्वतन्त्र निदेश नियुक्त गरिएका छऩ्। उनीसित ब्याङ्किङ क्षेत्रमा ३८ वर्षको अऩुभव छ। उनले स्टेट ब्याङ्क अफ इण्डिया (एसबीआई) मा मुख्य महाप्रबन्धकको रूपमा आफअनो सेवा दिइसकेका छऩ्।

यस बाहेक उनी स्टेट ब्याङ्क स्टाफ कलेजको निदेशक सहित धेरै वरिष्ठ पदहरूमा काम गरिसकेका छन्। उनले १९८५ मा एसबीआईबाट परिवीक्षाधिन अधिकारीको रूपमा आफ्नो करियरको शुरूआत गरेका थिए।

About Author

Advertisement