रोहितको रूपमा पहिलो विकेट हासिल गरी खुशी छन् शोएब बशीर

IMG-20240203-WA0094.jpg

विशाखापट्टनम, ३ फरवरीः ईंग्ल्याण्डको निम्ति पदार्पण गर्ने २० वर्षीय स्पिनर शोएब बशीरले भारत यात्राको निम्ति भीजा प्राप्त हुनमा विलम्बले गर्दा उत्पन्न भएको समस्यालाई भुलिसकेका छन् अनि आफ्नो पहिलो टेस्ट विकेटको रूपमा भारतीय कप्तान रोहित शर्मालाई आउट गरेर खुशी छन्। पाकिस्तानी मूलका बशीर भीजामा विलम्बले गर्दा सीरीजको शुरुवाती म्याचको निम्ति अबुधाबीबाट समयमा हैदराबाद आउन सकेका थिएनन्। यसैकारण उनी पहिलो टेस्ट खेल्नदेखि चुकेका थिए। यस ६ फूट ४ इञ्च अग्लो अफ् स्पिनरले केवल ६ वटा प्रथम श्रेणीका म्याच खेलेका छन् तर कप्तान बेन स्टोक्सले सोशल मीडियामा उनको बलिंगको भीडियो क्लिप देखेर उनलाई टोलीमा चयन गरेका थिए। उनी भारत विरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन ईंग्ल्याण्डका सर्वश्रेष्ठ स्पिनर रहे, जसले २८ ओभरमा १०० रन खर्च गरी २ विकेट लिए।
दिनको खेल समाप्त भएपछि बशीरले भने, यो मेरो निम्ति विशेष दिन रह्यो। गत २-३ सालका अनुभवहरूको आधारमा यो दिन मेरो निम्ति धेरै खास रह्यो। रोहित शर्माको रूपमा आफ्नो पहिलो टेस्ट विकेट पाउनु असाधारण कुरा हो। उनी असाधारण खेलाड़ी हुन्। अहिले स्पिन आक्रमण विरुद्ध विश्वका सर्वश्रेष्ठ खेलाड़ीलाई आउट गर्नु मेरो निम्ति ठूलो उपलब्धि हो। भीजा समस्याबारे उनले भने, समस्या त अवश्यै भयो तर मलाई भीजा प्राप्त हुने कुरा थाहा थियो। सामान्य समस्या भए पनि अहिले म यहाँ खेलिरहेको छु अनि मैले टेस्ट पदार्पण गरे। यो नै महत्त्वपूर्ण कुरा हो। समस्याको चाँड़ै समाधान हुने मलाई थाहा थियो। यसको निम्ति ईसीबी (ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड) र बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-लाई धन्यवाद।

About Author

Advertisement