खरसाङ: रोहिणी रोड (सुवास घिसिङ मार्ग) खोलिएपछि राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पर्ने स्थानहरु गिध्द पहाड, महानदी, घैयाबारी र तीनधारे क्षेत्रहरु सुनसान बनेको छ भने यस क्षेत्रमा रहेका दोकान पाटहरु नोक्सानीमा रहेको देखिएको छ। गत ४ अक्टोबरको राती आएको अविरल वर्षाको कारण पैह्रोले रोहिणी रोड बन्द भएपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुद्न थालेपछि गिध्द पहाड, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रमा थोकान पाटहरु र होटल व्यवसायहरु एकदमै राम्रो चलिरहेको थियो। तर लगभग तीन महिनापछि पैह्रो मरमत्ति भएर गत १ जनवरीदेखि रोहिणी रोड खोलिनसाथ राष्ट्रिय राजमार्ग ११० मा गाडीहरुको चलाचल शून्य बनेको छ।खरसाङको गिध्द पहाडस्थित रक गार्डनको भ्यु पोइन्टमा हुने जामहरु, महानदीको विभिन्न स्थानहरुमा हुने जाम, घैयाबारी, तीनधारे क्षेत्रमा हुने सबै जामहरु सुनसान बनेको छ। सबै गाडीहरु रोहिणी रोड भएर कुद्न थालेपछि राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पर्ने स्थानहरु खरसाङको गिध्द पहाड, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रमा थोकान पाटहरु र होटल व्यवसायहरु ठप्प भएको छ भने दोकान पाटहरु चलाएर खानेहरु नोक्सान खप्न परिरहेको छ। प्रायः तीन महिनासम्म राष्ट्रिय राजमार्ग ११० भएर गाडीहरु कुदेको समय यी क्षेत्रहरूमा धेरैले नयाँ नयाँ व्यवसायहरु शुरु गरेका थिए। तर गाडीहरु कुद्न छोडेपछि सबै व्यवसायहरु ठप्प भएको छ। त्यसैले यस क्षेत्रका मानिसहरुले रोहिणी रोड खोलिए पनि गाडीहरु वान वे गरिदिने महानदी, घैयाबारी, तीनधारे क्षेत्रका जनसाधारणले जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका छन्। जनसाधारणको माग अनुसार रोहिणी रोड र राष्ट्रिय राजमार्ग ११० मा गाडीहरु वान वे गरिनु पर्ने रहेको छ। उल्लेखनीय छ गत तीन महिनादेखि राष्ट्रिय राजमार्ग ११० भएर गाडीहरु कुद्ने समयमा तीनधारेको मुख्य पर्यटकीय स्थल वी लभ तीनधारे भीडभाड देखिन्थे भने अहिले गाडीहरु कुद्न छोडेपछि केही सुनसान बनेको छ। रोहिणी रोड खोलिएपछि राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पर्ने स्थानहरु सुनसान बनेको छ। त्यसर्थ स्थानीयहरुले रोहिणी रोडको साथमा राष्ट्रिय राजमार्ग ११० भएर पनि गाडीहरु कुद्न पर्ने र यसको लागि गाडीहरु वान वे गरिनु पर्ने माग गरेका छन्। महानदी, घैयाबारी र तीनधारे क्षेत्रमा होटल व्यवसायहरु चलाउनेहरुले यस क्षेत्रमा पनि बेरोजगारहरु छन्। तर रोहिणी क्षेत्रमा मात्र बेरोजगारहरु छैनन् तर हाम्रो क्षेत्रमा पनि बेरोजगारहरु छन्। त्यसैले यस क्षेत्रका मानिसहरुका लागि पनि केही गरिनुपर्छ भन्ने स्थानीयहरुको माग रहेको छ। विशेष गरेर रोहिणी रोड भएर मात्र लगातार रुपमा गाडीहरु कुद्न थाले बर्खा लाग्दा पुनः खतरा हुन सक्ने सम्भावना रहने र वान वे गर्न सके राष्ट्रिय राजमार्ग ११० र रोहिणी रोड दुवैपट्टि राम्रो हुने स्थानीयहरुले बताएका छन्। विशेष गरेर रोहिणी रोडको बोझ केही कम गर्न हो भने पनि दुवैतिर गाडीहरु कुदाउन सकिए राम्रो हुने स्थानीयहरुले सुझाव राखेका छन्। यस विषयमा खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीसित कुरा गर्दा उनले रोहिणी रोडमा खतरा कम गर्न रोहिणी रोड भएर साना गाडीहरु र आपतकालीन सेवाको गाडीहरुलाई कुदाउन सकिने र राष्ट्रिय राजमार्ग ११० भएर मालवाहक ठूला गाडीहरु कुदाउन सकिने बताएका छन्। उनले डाउन चै पंखाबारी रोड भएर कुदाउन सकिए रोहिणी रोडलाई भार कम गर्न सकिने र खरसाङ बजारमा ट्राफिक पनि कम रहने सम्भावना हुने भनी बताएका छन्। रोहिणी रोडलाई जोगाउन र दुवैतिरका जनसाधारणको सुविधालाई ध्यानमा राखेर रोहिणी रोड र राष्ट्रिय राजमार्ग ११० दुवैतिर गाडीहरु कुदाउन पर्ने स्थानीयहरुको माग रहेको छ।











