रोहिणीमा भागोप्रमो नारी शक्तिको गठन

IMG-20240402-WA0252.jpg

खरसाङ: खरसाङको रोहिणीमा रहेको २५७ बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको शाखा समिति गठन गरिएको छ। पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानको सभापतित्वमा सम्पन्न सभामा शाखा समिति गठन गरियो जसमा सभापति समिरा तामङ, उप सभापति गीता तामङ, सचिव सुमन मंगर, सह सचिव प्रनिता राई, कोषाध्यक्ष स्वस्तिका तामङ, सह कोषाध्यक्ष नीरू तामङ, प्रमुख सल्लाहकारहरु कलावती लोहार, रूपा राई, योवना थापा, साईती तामङ, अनु प्रधान र सैंतीस सदस्यीय कार्यकारिणी सदस्याहरू सर्वसहमतिद्वारा चयन गरियो। सभामा वक्तव्यको क्रममा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाइबाले हामी सबै एकजुट भएर यस चुनाउमा अझ धेरै खट्ने समय आएको छ भन्दै जसरी पञ्चायत भोटमा राम्रो परिणाम हाँसिल गऱ्यौँ यसचोटि झ राम्रो प्रदर्शन गरेर हामीले बुथ जिताउनु पर्छ भनी आह्वान गरिन्। महकुमा सांगठनिक सचिव गजेन प्रधानले नारी शक्तिको एकताको प्रशंसा गर्दै यस लोकसभा चुनाउमा नारीले मुख्य भूमिका निर्वाह गर्ने बताए। कार्यकारी सभासद कल्पना प्रधानले चयनित नयाँ नारी शक्ति शाखा समितिका सबै प्रतिनिधिगणलाई बधाई एवं शुभकामना दिइन औ घर घर गएर चुनाउ प्रचारमा लागिपर्ने जोड दिइन। भाजपाले पन्ध्र वर्षको हाम्रो क्रिम उमेर खाइसक्दा पनि केही नदिएको बताउँदै उनले अब भाजपामाथि विश्वास गर्न मुर्खता साबित हुने बताइन। शाखा प्रमुख सल्लाहकार विजय प्रधानले नारी शक्तिको सक्रियताले चुनावमा जित हासिल गर्नमा धेरै योगदान रहेको बताए। सभामा शाखा सभापति बिकास गुरूङ, सचिव दिपेन तामङ, प्रमुख सल्लाहकार राजमन राई, राजा राई, सचिन राई, सदीस प्रधान, प्रमोद राई,मित्र घले आदि को उपस्थिति रहेको थियो भने सभा सञ्चालन समष्टि नारी शक्ति सचिव अनिला राईले गरिन् भनी दिपेन तामाङले जानकारी दिएका छन्।

About Author

Advertisement