रोमाञ्चक म्याचमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्न सफल भयो भारत

IMG-20261024-WA0061

क्राइस्टचर्च: भारतले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा आयोजक न्यूजील्याण्डलाई ४ विकेटले पराजित गऱ्यो। यस जीतको साथ भारतले ५ वटा म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। हेग्ले ओवल मैदानमा शनिवार टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८० रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि भारतले १ बल बाँकी रहँदै ६ विकेट गुमाएर १८१ रनको लक्ष्यलाई हासिल गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो, जसको फसेला अन्तिम ओभरमा भयो। लक्ष्यलाई पीछा गर्दै खराब शुुरुवातपछि एक समय भारत चरम संकटमा रहेको थियो कारण ७० रनको स्कोरसम्म ५ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट उपकप्तान तिलक वर्माले परिपक्वताको साथ ब्याटिंग गर्दै टोलीलाई जीत दिलाए। उनले यस कार्यमा नमन धीर र नितिश कुमार रेड्डीबाट असल साथ पाए। तिलकले २६ बलमा ६ वटा चौका र एउटा छक्काको सहायताले अविजित ५१ रन बनाए। उनले पहिलो नमन धीरसँग छैटौं विकेटको निम्ति ४२ रन जोड़े। नमन धीरले ३ वटा छक्का र एउटा चौकाको साथ १७ बलमा ३१ रन बनाए। ईनिंग्सको १५औं ओभरमा धीर आउट भएपछि तिलकले रेड्डीसँग मिलेर लड़ाइँ जारी राखे अनि ब्याटिंगको निम्ति चुनौतीपूर्ण परिस्थितिहरूबीच टोलीलाई यादगार जीत दिलाए। यी दुईजनाले सातौं विकेटको निम्ति ३० बलमा ६९ रनको अटूट साझेदारी गरे। रेड्डीले १३ बल खेलेर एउटा छक्का र एउटा चौकाको सहायताले अविजित २६ रन बनाए। यसअघि लक्ष्यलाई अघि राखेर खेल्दै भारतको शुरुवात खराब रह्यो अनि शीर्ष ५-मा सामेल ब्याटरहरूले अधिक योगदान दिन सकेनन्। अभिषेक शर्मा २७ र उनका साथी ओपनर सञ्जु सेमसन १४ रन बनाएर आउट भए। कप्तान श्रेयस अय्यर र अक्षर पटेलले पनि क्रमशः ७ र ११ रन बनाए जबकि चोटग्रस्त ईशान किशनको स्थानमा म्याच खेल्ने मौका पाउने वैभव सूर्यवंशीले पनि केवल ४ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा मिचेल सेण्टनरले सर्वाधिक ४ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डको पनि शुरुवात निराशाजनक रह्यो अनि एक समय ४१ रनमा ३ विकेटको पतन भइसकेको थियो। टिम साइफर्टले ७, फिन एलनले १६ र डेरिल मिचेलले ६ रन मात्र बनाए। यसरी पावरप्लेमै ३ विकेट गुमाएपछि न्यूजील्याण्डलाई ग्लेन फिलिप्स र बेवोन जेकब्सले सम्हाले। यी दुईजनाले उत्कृष्ट ब्याटिंग गर्दै स्कोरलाई अघि बढ़ाए अनि चौथो विकेटको निम्ति ११६ रनको साझेदारी गरे। यस साझेदारीकै सहायताले न्यूजील्याण्ड असल स्कोरसम्म पुग्न सफल भयो। यसमा फिलिप्सले ४ वटा चौका र ४ वटा छक्काको सहायताले ४३ बलमा ७० रन बनाए। यसरी जेकब्सले ४६ बलमा ५ वटा चौका र एउटा छक्काको साथ ५८ रन बनाए। कप्तान सेण्टनरले अविजित ४ र माइकल ब्रेसवेलले अविजित १० रनको योगदान दिए। भारतीय बलरहरूमा अर्शदीप सिंहले २ विकेट लिए। तिलक वर्मालाई प्लेयर अफ द म्याच चयन गरियो।

About Author

Advertisement