पाकिम: १४ जनवरीदेखि तीन दिवसीय माघे संक्रान्ति पारम्परिक उत्सव पाकिम जिल्लाको रोड़ाथाङमा शुरू भएको छ। भारत सरकारको संस्कृति विभाग अधीनस्थ उत्तर पूर्व क्षेत्रीय केन्द्र, डिमापुर र सिक्किम सरकारको संस्कृति विभागको संयुक्त तत्वावधानमा सांस्कृतिक कार्यक्रम आयोजन गऱ्यो। यो माघे मेलाले सिक्किमको परिचय र इतिहासलाई दर्साउँछ। रमाइलो मेला र सांस्कृतिक कार्यक्रमहरूको मनोरञ्जन लिन रोड़ाथाङ तथा छेउछाउका ठाउँहरूबाट भारी संख्यामा मानिसहरू माघे मेलामा एकत्रित भए ।माघे मेलामा जातीय खानपान, हस्तशिल्प र हस्तकरघा, जैविक फल र साग-सब्जीका पसलहरू पनि राखिएका छन्।










